धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आयो
धनगढी,बैशाख १३ ।
सेति अस्पतालमा उपचारत धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
उनलाई चैत २२ गते कोरोना पुष्टि भएपछि चार पटक परीक्षण भईसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार