कोरोनाबाट जुम्ल्याहा नर्सको निधन


 


काठमाडाैँ, बैशाख १३
बेलायतमा दुई जुम्ल्याहा बहिनीको कोरोनाका कारण दुःखद निधन भएको छ। घातक कोरोना भाइरस संक्रमणका कारण उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ। पेसाले नर्स रहेकी ३७ बर्षीया क्याटी डेभिस र उनकी जुम्ल्या एम्मा डेभिसको तीन दिनको फरकमा एउटै अस्पतालमा मृत्यु भएको हो।

जुम्ल्याहाकी कान्छी बहिनीले उनीहरूले मजाकमा पहिला ”सँगै मर्छु होला भनेर भन्ने गर्ने गरेको” बीबीसीलाई बताएकी छन्। ”उनीहरूले भन्ने गर्थे हामी सँगै संसारमा आयौं र सायद सँगै बाहिरिन्छौ होला”, बहिनी जोय डेभिसले भनिन्। संयोगवस उनीहरुको सँगै दुःखद निधन भएको छ।

जोय डेभिसका अनुसार उनीहरु दुवै जना डाक्टर र नर्स थिए। सधै अरुलाई सहयोग गर्ने चाहना राख्ने उनीहरुको यो पेशा बालापन देखिको सपना हो। साउथहेम्प्टन चिल्ड्रेन्स अस्पतालमा बिरामीको उपचारमा सेवारत रहेकै बेला क्याटीलाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको मंगलबार साँझ निधन भएको हो। त्यस्तै एम्माको ३ दिनको फरकमा एउटै अस्पतालमा कोरोनाबाट मृत्यु भएको परिवारले पुस्टि गरेको छ। कोरोनाग्रस्त बेलायतमा महामारीको क्रममा ५० भन्दा बढि स्टाफ नर्सको ज्यान गइसकेको छ। बेलायतमा कोरोनाबाट १ लाख ४३ बढि संक्रमित भएका छन् भने १९ हजार बढिको ज्यान गएको छ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्