कोरोना महामारीः एकैदिन ६ हजार बढीको मृत्यु, १ लाख संक्रमित थपिए


 


काठमाडौं, बैशाख १३
महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २८ लाख २७ हजार नाघेको छ । शुक्रबार एकै दिन १ लाख ४ हजार थपिएसँगै संक्रमितको कुल संख्या २८ लाख २७ हजार नाघेको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ८६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ लाख ९७ हजार नाघेको छ ।

शुक्रबार सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा १ हजार ८ सय ६३ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ मृतकको संख्या ५२ हजार नाघेको छ । अमेरिकामा संक्रमितको संख्या ९ लाख २३ हजार पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा बेलायतमा ७६८, इटालीमा ४२०, फ्रान्समा ३८९, स्पेनमा ३६७, ब्राजिलमा ३५७, आयरल्याण्डमा २२०, भारतमा ५९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्