लकडाउन नहटाउन डब्ल्यूएचओको आग्रह


 


काठमाडौं, बैशाख १२
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएकोभन्दै कोरोना भारइरस लामो समयसम्म सरहन सक्ने बताएका छन् । उनले विश्मा नै कोरोना भाइरस फैलिरहेकाले लकडाउन नहटाउन आग्रह गरेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोरोना भाइरसको संकमण बढ्ने क्रममा रहेको भन्दै लकडाउन जस्ता उपायहरु हटाइँदा सङ्क्रमण फैलनसक्ने चेतावनी दिएका छन् ।

विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामले कोरोना भाइरस रोकथामा सहयोग पुगेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोरोना भाइरसका बारे विश्वलाई समयमै सचेत गराएको समेत बताएका छन् ।

‘पछाडी फर्केर हेर्दा मलाई लाग्छ, हामीले उचित समयमै सङ्कट घोषणा गरेका थियौं, त्यसबेला कोरोना भारइरस रोकथाम तथा नियान्त्रण विश्वसामु पर्याप्त समय थियो,’ गेहब्रेयससले भने ।

डब्ल्यूएचओले जनवरी ३० मा कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय चासोको रुपमा लिएर सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो । मार्च ११ मा मात्रै कोरोनालाई महामारीको रूप लिएको थियो ।

विश्वभरि अहिले २७ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिइसकेको छ । १ लाख ९१ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको डब्ल्यूएचओको भनाइ छ ।

‘भाइरस लामो समयसम्म रहनसक्छ, निकै खतरनाक पनि छ, प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ’ गेहब्रेयससले भनेका छन् ।

अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ । डब्ल्यूएचओले गरेको कामबाट थुप्रै देशहरूले प्रशंसा गरेपनि डा. टेड्रोसको राजीनामा समेत माग्दै कतिपय अमेरिकी नेताहरूले उनको आलोचना गरेका थिए ।

कही साता अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिएको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएको थिए । ट्रम्पले कोरोना भाइरस संक्रमण फैलिरहेको सन्दर्भमा न्यूनिकरण गर्न डब्ल्यूएचओ विफल भएको समेत आरोप लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्