एसएसपी ज्ञवालीको काठमाडौं परिसर र थापाको अपराध महाशाखामा सरुवा


 


काठमाडौं, बैशाख १२
गृह मन्त्रालयले महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ ।

सरुवाको बिषयमा गृह मन्त्रालयले केही दिन अघि निर्णय गरे पनि वढुवाको व्यस्तताले गर्दा प्रहरी प्रधान कार्यालयमा पत्र आएको थिएन। आज भने निर्णय भएको पत्र आएको स्रोतले वतायो।

दुबै जना एकै पटक एसएसपीमा वढुवा भएका हुन ।  काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुबै ठाउँ रिक्त भएका थिए ।

ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए भने थापा आर्थिक प्रशासन शाखामा थिए । ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् ।

ज्ञवालीसँग रुपन्देही,सिरहालगायतका जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ भने थापाले चितवनलगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् । काठमाडौं परिसर र अपराध महाशाखा चुनौतीपूर्ण र आकर्शक ठाउँ हुन। प्रहरी अधिकारीको करिअरका लागि दुबै ठाउँ महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्