यस बर्षको मदन पुरस्कार ऐना कथा संग्रहलाई
काठमाडौं, असोज ४
मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ । गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ ।
दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ । मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए ।
श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।
यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।
प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार