चरेससहित दुई भारतीय पक्राउ


 


charesss

बैतडी, असोज ४ लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई प्रहरीले आज दिउँसो नेपाल–भारत सीमा नजिकै झुलाघाटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पिथौरागढ जिल्ला लेलुग्राम सन्तगाँउका उमेश गिरी र मनोज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा सिमापुलमा प्रहरीले जाँच गर्दा उमेशको खल्तीबाट आठ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्