कोरोना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइयो
लण्डन, बैशाख १२
कोरोना भाइरसको उपचारका अनेक उपाय खोजी भइरहँदा बेलायतमा दुईजना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ ।
बिबिसीका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिन दिइएको हो । अक्सफोर्डमा नै तयार पारिएको उक्त भ्याक्सिन पहिलो पटक स्वयंसेवकलाई दिइएको हो । बेलायतमा परीक्षणको रुपमा भ्याक्सिन दिएको पनि बताइएको छ ।
साथै निकट भविष्यमै थप ८ सय जनालाई भ्याक्सिन दिइने बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बेलायतमा पनि फैलिन थालेपछि तीन महिनामा उक्त भ्याक्सिन तयार पारेको बताइएको छ ।
बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ३८ हजार भन्दा धेरै पुगिसकेको छ । यस्तै २ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये १५ सय बढीको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार