भारतमा कोरोना संक्रमण तीब्र, २४ घण्टामा १६ सय बढी संक्रमित


 



काठमाडौं, वैशाख १२
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र भएको छ । कोरोना संक्रमणको दर फैलिदै जाँदा मृत्यु हुनेको संख्या पनि त्यही अनुसार बढ्दै छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ६९ नयाँ संक्रमित फेला परेका छन् ।

यससंगै भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय २१ पुगेको छ । बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको तथ्यांक छ ।

मृत्यु हुने र संक्रमितकोे संख्या अघिल्लो दिनको तुलनामा बढी हो । त्यहाँ बुधबार कोरोनाबाट ३६ जनाको मृत्यु भएको थियो भने १२ सय ९० नयाँ संक्रमित फेला परेका थिए । भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्