लकडाउनमा घरमै पुगेर समाजिक सुरक्षा भत्ता, साथमा माक्स र स्यानिटाइजर पनि


 



पाल्पा, वैशाख ११
पाल्पाको रम्भा गाउँपालिकाले लकडाउनको समयमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । 

ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र  बालपोषण भत्ता घरमै गएर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनकाअनुसार गाउँपालिकाका दुई हजार ५ सय ५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको छ।

साथै गाउपालिकाले भत्तासङ्गै स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्री पनि वितरण गरिरहेको अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाका पाँच वडामा  जनप्रतिनिधि र  कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो ।

लकडाउनका समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र  कर्मचारीले भत्ता दिँदा खुशी भएका छन् ।
 
यसबाहेक गाउँपालिकाले दीर्घरोगी र  नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा  पुगेर निःशुल्क औषधि उपलब्ध गराउने तयारी गरेको छ । 

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्