रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने तयारी


 


काठमाडाैँ, बैशाख ११
पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएलगत्तै सांसद रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारी भएको छ । यादवसहित सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरीया, विमल श्रीवास्तव, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङ समाजवादी पार्टी विभाजन गरेर नयाँ पार्टी बनाउने अभियानमा लागेका हुन् ।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए । उनीहरुले बिहीबार नै नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।

पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा सडकमार्ग हुँदै काठमाडौं आएको बताइएको छ । यादव आउन ढिला भएका कारण बुधबार विज्ञप्ति निकाल्न ढिलाई भएको बताइएको छ । उनी आएर पार्टी विभाजनमा हस्ताक्षर गरेपछि बिहीबार नयाँ पार्टी गठन गर्ने उनीहरुको तयारी छ ।

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्