चीनले विश्वमा कोरोना फैलाएको शक्तिशाली राष्ट्रको आरोप


 


एजेन्सी, बैशाख १०
चीनले विश्वमा कारेना फैलाएको पश्चिमी शक्तिशाली मुलुकहरुले आरोप लगाएको छ । जानीजानी चीनले विश्वमा करोना फैलाएको भन्दै जर्मनी ,फ्रान्स ,वेलायत , अष्टेलिया ,अमेरिका लगायतका देशले क्षतिपुर्ति माग गरेको छ । जर्मनी आफनो कोरोनाको कारण आर्थिक घाटा भएको भन्दै १ सय ३० अर्ब पाउण्डको विल पेस गरेको छ ।

एउटा चर्चित अखबारले यो कुरालाई बाहिर ल्याएको छ । यस्तै नोवेल कोरोना भाइरसबारे अस्ट्रेलिया सहितका देशले आइतबार चीनको पारदर्शितामाथि प्रश्न उठाउँदै भाइरसको उत्पत्ति र फैलिने घटनाको सत्यतथ्यको जानकारीको लागि अन्तरराष्ट्रिय जाँचको माग गरेको छ ।

अस्ट्रेलियाका विदेश मन्त्री मारिज पायनेले चीनको पारदर्शिताबारे उनी धेरै चिन्तित रहेको बताए । पायनेले एबीसी टेलिभिजनसंग कुराकानी गर्दैभनेका छन कि कोरोनासित जोडिएको मुद्दा स्वतन्त्र जाँचको विषय हो र मलाई लाग्छ यसो गरिनु महत्वपूर्ण छ । शनिबार, अमेरिकी राष्ट्र«ति डोनाल्ड ट्रम्पले चीन जानीजानी कोरोनाभाइरस महामारी फैलाउनको आरोप लगाएको छ । उनले भन्ने यसको यस्तो परिनामा विगतमा नराम्रो हुनसक्छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरु लाई भने “यो भाइृरस चीनमा सुरु हुनुभन्दा अघि रोक्न सकिन्थ्यो यास्तो समस्या आउने थिए आज यसको कारण सारा विश्व पीडित छ ।

उनीहरुले जानीबुझी यस्तो गरेको भन्दै यसको परिणाम नराम्रो हुनसक्ने समेत उनले चेताबनी दिए । उनले भने चीनियाहरु जानजानी गल्ती गरेको कुरा नियन्त्र भन्दा बाहर आयो । यस विषयलाइ लिएर चीनियाहरु जज्जित छ ।

राष्ट्रपति ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले बारम्बार चीनमा पारदर्शिताको कमी रहेको भन्दै आरोप लगाए । चीनको वुहान सरकाबाट कोरोनाको प्रकोप सुरु भएको थियो र अचानक त्यबाट हामफल्दै विश्वलाई आफ्नो कब्जामा लियो । बेलायतले अमेरिकी गुप्तचर अधिकारीहरूसँग दाबी गरेको छ कि यो भाइरस वुहानको प्रयोगशालाबाट वाहिर आएको हो ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्