डब्ल्यूएचओले खुलायाे काेराेना बारे यस्ताे तथ्य!


 


काठमाडाै, बैशाख १०
विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको दाबी गरेको छ । यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै विस्तार गरिएको भन्‍ने तर्कहरुमा कुनै सत्यता नरहेको डब्लूएचओको दाबी छ ।

यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरमा भएको र त्यसपछि मानिसमा सरेको डब्लूएचओले दाबी गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ । एजेन्सी

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्