अमेरिकामा एकैदिन ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च


 



काठमाडौं, वैशाख १०
अमेरिकामा कोरोना भाइरस (कोभिड-१९
) को संक्रमणका कारण एकैदिनमा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै देखिएको छ।

मंगलबार अमेरिकामा कोरोनाबाट २ हजार ८ सय २ को मृत्यु भएको छ । यसअघि सबैभन्दा बढी अप्रिल १५ मा कोरोनाबाट २ हजार ६ सय १८ को ज्यान गएको थियो । त्यसयता मंगलबार भएको दैनिक मृत्यु हालसम्मकै उच्च रहेको वर्ल्डोमिटर्सले जनाएको छ।

यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३ सय १६ पुगेको छ । कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८ सय ५ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९ सय २३ जना भने पूर्ण रूपमा निको समेत भइसकेका छन् ।

सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ६ सय ९३ पुगेको छ । मंगलबार मात्र त्यहाँ ७ सय ६४ को मृत्यु भएको छ भने ४ हजार ४ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा कोरोना संक्रमितको संख्या ९२ हजार ३ सय ८७ पुगेको छ । त्यहाँ ४ हजार ७ सय ५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३७६ जनाको मृत्यु मंगलबार मात्र भएको तथ्यांक छ।

यस्तो छ बढी प्रभावित राज्यको अवस्था

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्