नागरिकको रोजगारी रक्षा गर्न आप्रवासी रोक्ने ट्रम्पको घोषणा


 



बीबीसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकको रोजगारी रक्षा गर्न आप्रवासी रोक्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले यो घोषणा अस्थायी रुपमा रहने बताएका छन् ।

ट्रम्पले ट्वीटर ह्यान्डलमार्फत अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका लागि यस्तो निर्णय गर्नुपरेको बताएका छन् ।

यद्यपि, उनले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्नेबारे भने केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि पनि उनले विस्तारमा बताएका छैनन् ।

कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्