उत्तर कोरियाली शासक किम जोंग गम्भीर बिरामी !


 



एजेन्सी
उत्तर कोरियाली शासक किम जोंग उन गम्भीर बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

उनको कार्डिओभास्कुलरको अपरेसन गरेपछि अवस्था बिग्रेको समाचार छ । सिएनएनले अमेरिकी जासुसी संयन्त्रको हवाला दिँदै किमको ज्यान खतरामा रहेको सन्चार माध्यमहरूले जनाएका छन् ।

सिएनएनका अनुसार उनको स्वास्थ्य अवस्था पछिल्लो केही महिनादेखि बिग्रिएको हो । उनी धेरै धुम्रपान गर्दछन् र उनलाई मोटोपनको पनि समस्या छ । उनी आफ्ना हजुरबाको जन्मदिनमा हुने १५ अप्रिलको सार्वजनिक कार्यक्रममा पनि देखिएका थिएनन् । उनी अप्रिल ११ मा अन्तिमपटक देखिएका थिए ।

किमको ह्यांगसान कस्बेको एक भिल्लामा उपचार चलिरहेको बताइएको छ । जासुसी संयन्त्रहरुले भने उत्तर कोरियाबाट सही खबर आउन एकदम गाह्रो रहेको बताएका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्