कतारमा नेपाली पत्रकार कोरोना भाइरसबाट संक्रमित


 


काठमाडौँ, बैशाख ९
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मिया कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

संक्रमण देखिएपछि विगत केहि दिनदेखी कतारको एक अस्पतालमा उपचार गराइरहेको उनले जानकारी गराएका छन् । मिया आफैले सोमबार फेसबुक मार्फत आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका हुन् ।

‘मेरो स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ। तथापि प्रवासको भुमिमा सबैकुरा सामान्य नहुँदो रहेछ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

कतारमा हालसम्म कोरोना भाइरसबाट ६ हजार १५ जना संक्रमित भएका छन् । तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ५ सय ५५ जना उपचारपछि निको भएका छन् । त्यस्तै ३७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । कतारले संक्रमित विदेशी नागरिकको राष्ट्रियता बारेमा केही खुलाउने गरेको छैन् । तसर्थ कतारमा कति नेपाली संक्रमित छन् भन्ने यकिन छैन् ।

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्