वडाध्यक्षमाथि पद दुरूपयाेगकाे आरोप, सदस्यले दिए राजीनामा


 


प्यूठान, बैशाख ८
स्वर्गद्वारी नगरपालिका वडानम्बर ७ का एक वडा सदस्यले राजीनामा दिएका छन् । वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गरेकाले आफ्‍नो अस्तित्व र भूमिका नरहेको भन्दै राजीनामा दिएको बताएका छन् । उनी राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित भएका थिए ।

वडासदस्य घर्तीले वडामा राजनीनामा दिएको जानकारी पाएको मेयर नेत्रबहादुर रोकायाले बताए । राजीनामा पत्र पालिकामा आएपछि स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुने रोकायाले बताए।

वडा अध्यक्ष टेकबहादुर भट्टराईले वडा सदस्य घर्तीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन । वैशाख ५ गते घर्तीले दिएको राजीनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गरीएको थियो । ८ गतेसम्म पनि निकास ननिस्केपछि घर्तीले राजीनामा दिएको पत्र सार्वजनिक भएको हो ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्