इटालीमा कोरोना संक्रमितको मृत्युदर घट्दै


 



एजेन्सी
इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बिस्तारै घट्दै गैरहेको छ।  एक साता यता आइतबार सबै भन्दा कम मानिसको मृत्यु भएको छ। 

आइतबार कोरोना भाइरसको संक्रमणले ४ सय ३३ जनाका मृत्यु भएको आधिकारि तथ्यांक रहेको छ। जुन पछिल्लो एक हप्तामा सबै भन्दा कम हो। शनिबार  ४ सय ८२ जनाका मृत्यु भएको थियो। त्यस्तै शुक्रबार  ५ सय ७५ जनाको मृत्यु भएको थियो। 

इटालीमा फ्रेब्रुअरीदेखि अहिलेसम्म २३ हजार ६ सय ६० जनाले ज्यान गुमाइसकेका छन्। 

मृत्यु हुनेको संख्या अमेरिकापछि इटाली दोस्रो नम्बर पर्छ। अमेरिकामा ४० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। 

आइतबार इटालीमा ३ हजार मानिस संक्रमित भएको तथ्यांक रहेको छ। अहिलेसम्म इटालीमा १ लाख ७८ हजार ९ सय ७२ जना संक्रमित भएका छन्। निको भएर घर फर्किनेको संख्या ४७ हजार ५५ रहेको छ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्