हिरासतमा राखेर अग्रवालमाथि अनुसन्धान गर्न तेस्राे पटक म्यादथप


 


काठमाडौँ, बैशाख ७
चीनबाट सुरू भइ विश्वभर महमारीका रूपमा फैलिएकाे काेराेना भाइरसको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न तेस्राे पटक म्याद थप भएकाे छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दाेस्राे पटक अनुमति दिएको हाे । विभिन्न शक्ति केन्द्रले अग्रवाललाई छुटाउन प्रहरी प्रसासनलाई दवाव दिएपनि महानगरीय प्रहरी परिसर काठमाडौले उनीविरुद्ध थप १० दिन म्याद थप गराउन सफल भएकाे हो ।

उनलाई छुटाउन ललिता निवास बालुवाटारको जग्गा दर्ता गर्ने कैलाशचन्द्र गोयल सक्रिय भएका थिए । तर प्रजिअ जनकराज दाहालले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएका छन् । यसअघि उनलाई ५ दिन म्यादथप गरिएको थियो।

थर्मोगन कालोबजारी गरेको अभियोगमा सुलभलाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले नक्सालबाट पक्राउ गरेको थियो । ३ हजार पर्ने थर्मल गनलाई कुटनीतिक नियोगको सवारी साधन प्रयोग गरी अग्रवालले प्रहरीलाई नै उक्त गन बिक्रि गरेपछि उनलाई सामानसहित पक्राउ गरिएको थियो ।

अहिले केही प्रहरी उच्च अधिकारीले उनलाई आज नै जिल्ला प्रशासन कार्यालयमा बुझाउन प्रहरी परिसर काठमाडौलाई दवाव दिएको भएपनि प्रहरीले भने म्याद थपका लागि बबरमहल लगेको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्