कपिलवस्तमा पाकिस्तानी नागरिक लुकेको अवस्थामा फेला


 


कपिलवस्तु, बैशाख ७
कपिलवस्तमा एक पाकिस्तानी नागरिक लुकेको अवस्थामा फेला परेका छन्। विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेकजाँच गर्दा पाकिस्तानको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारद लुकेको अवस्थामा फेला पारेका हुन् ।

पाकिस्तानी नागरिक वसारदलाई प्रहरीले शिवराज नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको छ । उनको र्‍यापिड टेस्ट गर्दा भने रिर्पोट नेगेटिभ आएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामडी भट्राईले बताए । उनको स्वाब परीक्षणको पनि तयारी गरिएको छ ।

उनीसँग रहेको भिसा र कागजपत्र चेकजाँच गर्दा वैध रहेको र उनको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए । पाकिस्तानी नागरिक वसारद गत माघ ७ गते ३ महिनाको पर्यटक भिसामा नेपाल भित्रिएका थिए । उनको भिसाको म्याद पनि आइतार (आज) सकिएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्