सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ


 


कपिलवस्तु, बैशाख ७
सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उलंघन गरी मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

पक्राउ परेका सबैलाई मायादेवी गाउँपालिकाबाट सदरमुकाम तौलिहवास्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा ईस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक बैठक बसी घरमै बसी नमाज पढ्न आग्रह गरेका थिए । तर पनि जबरजस्ती स्थानीय मस्जिदमा जम्मा भई नमाज पढ्न खोज्ने उनीहरुलाई बाध्य भई पक्राउ गर्नु परेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्