कुन जिल्लामा कति काेराेना संक्रमित?


 


विराटनगर, बैशाख ७
दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट ल्याइएकामध्ये थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएका व्यक्ति विराटनगरका ६५ वर्षीय वृद्ध रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट संक्रमण पुष्टि भएको हो। उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड १९ उपचार केन्द्रमा राखिएको थियो। उनीहरुसँगै बसेका ४ जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो।ती चार जनामध्ये एकजनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको कोसी अस्पताल स्रोतले जनाएको छ। ती संक्रमितलाई शनिबार क्वारेन्टाइनमै सुरक्षित राख्न भनिएको छ।

आइतबार उनलाई विराटनगरको कोभिड उपचार केन्द्रमा राखिएको आइसोलेसन वार्डमा भर्ना गरी उपचार गरिने जनाइएको छ। यसअघि शुक्रबार संक्रमण पुष्टि भएकामा ११ जना भारतीय र एकजना नेपाली नागरिक थिए।

आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरि अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन्। कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्