पेट्रोलमा ५ सय लिटर पानी मिसाउने ट्याङकर चालक


 


काठमाडौँ, बैशाख ६
पेट्रोलमा ५ सय लिटर पानी मिसाउने इन्धन ढुवानी गर्ने ट्याङकर चालक पक्राउ परेका छन्। थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो । चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको अनुसन्धानबाट खुलेकाे छ।

‘ट्याङकर शुक्रबार नै पम्पमा पुर्‍याइएको थियो । प्रहरीले पेट्रोल पम्पमा खन्याउनु अघि शनिबार ५ लिटर परिक्षण गर्दा पानी मिसावट गरेको देखियो,’थानकोट डिपो प्रमुख प्रदिप यादबले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ । पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर पेट्रोलमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो ।’

उक्त नम्बरको ट्याङकर वीरगन्जका ट्रान्सपोर्टर कुलबन्त सिंहको हो । पेट्रोलमा पानी मिसावट गरेको पाइएपछि प्रहरीले चालकलाई प्रक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ ।‘पेट्रोलमा पानी मिसिदैन । चालकले तेल बिक्री गरेर पानी मिसाएको देखियो,’ डिपो प्रमुख यादवले भने, ‘चालकलाई कारबाही गर्न प्रहरीले पत्रचार गरिसकेको छ ।’

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्