पैसा फालेर भाग्ने महिलाकाे कोरोना परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ


 


काठमाडौं, काठमाडाैँ, ६
जनकपुरको धनुषामा सडकमा पैसा फालेर भागेका २ महिलालाई प्रहरीले शनिबार पक्राउ गर्यो । पक्राउ पर्ने दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाइसकेको छ ।

पक्राउ परेका दुवै जनाको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो ।

उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ। शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा १० र १ रूपैयाँका दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्