धनगढीमा उपचाररत ४ जनाको रिपोर्ट पोजेटिभ


 


काठमाडाैँ, बैशाख ६
कोरोना भाइरस संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना मध्ये ४ जनाको पछिल्लो रिपोर्ट पोजेटिभ आएको छ।

अस्पतालले दिएकाे जानकारीअनुसार धनगढी उपमहानगर-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

अस्पतालका प्रवक्ता फिजिसियन डाक्टर जगदीश जोशीले सबैको अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्