काठमाडाैंमा युवती लुट्ने तीन जना पक्राउ


 


काठमाडाैँ, बैशाख ६
ल्यापटप र मोबाइल लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भएका ३६ वर्षीय देब खड्कासहित ३ जना रहेका छन् ।

उनीहरुले बिहीबार काठमाडौं बागबजारबाट सिंहदरबार आउँदै गरेकी १ युवतीकाे साथमा रहेकाे लेनोभो कम्पनीको ल्यापटप र मोबाइल लुटेको थिए ।

लुटेरा समूहका तीनै जनालाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले महाबौद्धबाट पक्राउ गरेको हो । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्