एक अध्ययन : सन २०२२ सम्म सामाजिक दुरी कायम गर्नुपर्ने, जाडोमा प्रकोपका रुपमा फैलिनसक्ने चेतावनी
काठमाडौं, वैशाख ६
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न आगामी दुई वर्षसम्म सामाजिक दुरी कायम राख्नुपर्ने एक अध्ययनले देखाएको छ।
कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न र अस्पतालहरूमा बिरामीको चाप घटाउनको लागि सन् २०२२ सम्म सामाजिक दूरीको आवश्यकता पर्ने हार्वर्ड विश्व विद्यालयको अध्ययनले देखाएको हो ।
विश्वविद्यालयले कोभिड १९ को मोडलमा गरिएको अध्यन अनुसार संक्रमणको नयाँ वृद्धि रोक्नका लागि थप दुइ वर्ष सामाजिक दूरी आवश्यकता रहेको जनाएको छ ।
साइन्स जर्नलमा प्रकाशित अध्ययन अनुसार सामाजिक दूरीका उपायहरू एकैचोटी हटाउँदा रोकथाममा ढिलाई हुने र यसले संक्रमणको अवस्था वृद्धि हुने र त्यो धेरै गम्भीर हुन सक्ने देखाएको छ ।
एक पटक मात्र सामाजिक दूरीका उपायहरु अपनाएर मात्रै पर्याप्त नहुने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् । अध्ययनले आगामी केही वर्षहरूमा कोरोना भाइरसको प्रक्षेपक्रममा केही कारकहरूले भूमिका खेल्ने देखाएको छ ।
हाल संयुक्त राज्य अमेरिकामा सामाजिक दूरीको उपाय अप्रिल ३० मा समाप्त हुदैछ । तर स्वास्थ्य विशेषज्ञहरु कोरोना भाइरसलाई हराउनका लागि सामाजिक दूरीका उपायहरु जारी राख्न आग्रह गरिरहेका छन् ।
यदि यो शरिरको प्रतिरक्षाको सीमा र मौसमी कारण हो भने स्वास्थ्य विज्ञहरूको विचारमा यो असम्भव छ कि कोभिड–१९ सार्स–कोभ–१ जस्तै एक छोटो महामारी भएर गहन सार्वजनिक स्वास्थ्य उपायहरूले अवलम्वन पछि उन्मूलन हुनेछ । यसको सट्टामा मौसम अनुसार संचार भई महामारी इन्फ्लूएन्जासँग मिल्न सक्नेछ ।
तीव्र जाडोयामा यो प्रकोपको रुपमा थप फैलन सक्ने चेतावनीसमेत दिइएको छ । मौसमी रुघाखोकीको बेलामा अस्पलालले थाम्न नसक्ने अवस्था हुन सक्नेछ ।
अर्को परिदृश्यको अध्यनमा कोभिड–१९ सन् २०२५ सम्ममा देखा पर्न सक्नेछ । अनुसन्धानकर्ताहरु भन्छन् नयाँ उपचार विधिले कडा सामाजिक दूरीको उपायहरुलाई कम गर्न सक्दछ । तर पनि यसलाई निगरानीका साथसाथै बीच बीचमा दूरीलाई २०२२ सम्म निरन्तरता दिनुपर्ने बताउछन् ।
सामाजिक दूरी कायम राख्दा अस्पतालहरूले समय दिएर राम्रोसंग उपचार गर्न सक्नेछन् भने यसले जनसंख्यामा प्रतिरोधात्मक शक्तिको पनि विकास गर्नेछ ।
पूर्णरुपमा उन्मूलन भइसकेको स्थितिमा पनि सार्स–कोभ–२ ९कोभिड १९० लाई निगरानी राख्नुपर्नेछ । सन् २०२४ को अन्तसम्ममा पनि पुनः देखिन सक्ने संभावना रहेको अनुसन्धानकर्ताले बताएका छन्। एजेन्सी
प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार