पैसा फाल्ने महिला खोज्दै प्रहरी


 


काठमाडाैँ। सडकमा पैसा छरिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको छ। शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयका नोट फालिएको अवस्थामा देखेपछि स्थानयीले प्रहरीलाई खवर गरेको थियो ।

धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सीसीटीभी फुटेज झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा महिलाको खोजी शुरु भएको हो । कुन उद्देश्यले महिला थुक लगाएर पैसा फाले अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने उनले बताए ।

भारतमा समेत सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो र त्यसमा कोरोनाको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो । जनकपुरधाममा समेत स्थानीयमा सोही शंका छ । अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनी कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीयका अनुसार २ जना महिला १० र १०० को नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका थिए । उनीहरूले केही पसलका सटरमा समेत पैसा राखेको दावी गरिएको छ । जथाभावी रूपमा विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि महावीर चोकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ देखि ४० वर्षकी २ महिला जथाभावी रुपमा पैला फालेर भागेको स्थानीयले फोन गरेपछि उनको खोजी भइरहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताए । कोरोना संक्रमित व्यक्तिले तो रकम फालेको हुन सक्ने वा त्रास बढाउन कसैले त्यसो गरेको हुन सक्ने स्थानीयको अशंका छ । पैसा छोएपछि कोरोना संक्रमण हुन सक्ने अशांकामा स्थानीय भयभित बनेका छन् । सो स्थललाई सेनिटाइज गरिएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्