बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण


 


काठमाडौं, बैशाख ५
बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्