बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, तीन साता लम्ब्याइयो लकडाउन


 



बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। संक्रमितको संख्या बढ्दै गएपछि देशमा लकडाउन बढाइएको छ ।

विदेशमन्त्री डोमेनिक राबले कोरोना भाइरस फैलनलाई रोक्नका लागि ‘कम्तीमा तीन हप्ता’ लकडाउन बढाउने घोषणा गरेका छन्।

बिबिसीले जनाएअनुसार बिहीबार पत्रकार सम्मेलन गर्दै लकडाउन बढाइएको घोषणा गरेका हुन् । उनले डकडाउनमा छुट दिइयो भने त्यसले सार्वजनिक स्वास्थ्य तथा अर्थव्यवस्थामा समेत खतरा हुनसक्ने बताए।

प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित भई बिरामी भएपछि राबले नै प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

कोरोना भाइरसलाई फैलिनबाट रोक्न बेलायतले मार्च २३ बाट लकडाउन सुरु गरेको थियो। त्यहाँ जनतालाई घरबाहिर ननिस्कन आग्रह गरिएको थियो। साथै, अत्यावश्यक बाहेकका व्यवसाय बन्द गरिएको थियो।

बेलायतमा कोरोना संक्रमणबाट हालसम्म १३ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ। बीबीसी

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्