भारतमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो


 


काठमाडाैँ, बैशाख ५
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा २४ घण्टामा १ हजार ६० जना नयाँ संक्रमितको पुष्टि हुँदा २६ जनाले ज्यान गुमाएका छन्

योसँगै भारतमा संक्रमितको कुल संख्या १३ हजार ४ सय नाघ्दा ४४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, त्यहाँ ११ हजार २ सयको उपचार जारी छ ।१७ सय बढी संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । भारतमा हालसम्म ३ लाख बढी व्यक्तिमा कोरोना परीक्षण भइसकेको छ ।

त्यस्तै, पाकिस्तानमा बितेको २४ घण्टामा ५३६ संक्रमित थपिँदा १७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अब कुल संक्रमितको संख्या ६ हजार ९ सय नाघ्दा १२८ ले ज्यान गुमाएका छन् ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्