काेराेना महामारी: फ्रान्समा मृतकको संख्या १७ हजार नाघ्याे


 


काठमाडौं, बैशाख ५
फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा हालसम्म १ लाख ४७ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूरै विश्वमा कोरोनाका कारण धेरै मृत्यु हुने देशको सूचीमा फ्रान्स पाँचौं नम्बरमा छ ।

फ्रान्सका स्वास्थ्य सेवा प्रमुख जेरोमे सोलोमनका अनुसार लगातार आठौं दिन सघन उपचार कक्षमा राखिएका बिरामीको संख्या घट्दै गइरहेको छ । हाल यो संख्या ६ हजार २ सय ४८ छ ।

अप्रिल १ तारिखयता यो संख्या हालसम्मकै कम हो ।

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्