जापानमा आपतकाल घोषणा


 



कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानमा आपतकाल घोषण गरिएको छ। देशव्यापी आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारले उल्लेख गरेको छ ।

अब गभर्नरहरुले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएका छन् । घर भित्रै बस्नका लागि लागि बाध्यकारी कानून लागु गर्ने वा सजायको पनि व्यवस्था भने हुने छैन ।

यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका सात क्षेत्रमा एक महिनाका लागि आपतकालीन अवस्था लागु गरेका थिए ।

संक्रमण बढ्दै गएपछि आबे सरकारले नियन्त्रणका लागि गरेका प्रयासको आलोचना सघन हुँदै गएको थियो । जापानमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७८ छ भने संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ । एजेन्सी

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्