विश्वभर कोरोनाले १ लाख ४५ हजार बढीकाे मृत्यु, संक्रमितकाे संख्या २१ लाख नाघ्याे


 


काठमाडाैँ, बैशाख ५
विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट २४ घण्टामा साढे ९३ हजार बढी संक्रमित थपिँदा ६ हजार ९ सयले ज्यान गुमाएका छन् ।बिहीबार सबैभन्दा बढी अमेरिकामा साढे ३४ हजार संक्रमित थपिँदा २ हजार १३७ जनाले ज्यान गुमाए ।

त्यस्तै, फ्रान्समा १७ हजार, टर्कीमा ४ हजार ८ सय, बेलायतमा ४ हजार ६ सय, इटालीमा ३ हजार ७ सय, रसियामा ३ हजार ४ सय, जर्मनीमा करिव ३ हजार, ब्राजिलमा २ हजार, इरानमा १६ सय संक्रमित फेला परेका छन् ।

त्यस्तै, बितेको २४ घण्टामा बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, भारत, पेरुमा १ हजार बढी संक्रमित फेला परेको पुष्टि भएको छ गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देशका साथै २ पानीजहाज पनि प्रभावित भएका छन् ।

शुक्रबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २१ लाख ८० हजार नाघेको छ । जसमध्ये १ लाख ४५ हजार बढीले ज्यान गुमाउँदा ५ लाख ४६ हजार बढी संक्रमित उपचारपछि निको भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

कोरोनाबाट सर्बाधिक प्रभावित विश्वका १० देशको पछिल्लो विवरण

प्रकाशित मिति: ५ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्