लकडाउन उल्लघंन गर्ने २७ सय ८ जना नियन्त्रणमा


 


काठमाडाैँ, बैशाख ५
उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २७ सय ८ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार विहान ६ बजे देखि दिउसो ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । त्यसै गरी ४ सय २० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४ सय ६९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाैँबाट सबैभन्दा बढि २ हजार २ सय ९ जनालाई नियन्त्रणमा लिएको छ ।

त्यसै गरी ललितपुरबाट ४ सय ४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०० जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्