अन्तत: भैरहवामा सेना परिचालन


 


काठमाडाैँ, बैशाख ५
लकडाउन पालना गराउन रूपन्देहीकाे भैरहवामा सेना परिचालन गरिएकाे छ । पूर्ण रूपमा लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि सेना परिचालन गरिएकाे गरिएकाे हाे।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे । नेपाल प्रहरीले माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेकाले सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा विनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई समेत गस्तीमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनका अनुसार सेनाले आवश्यकताअनुसार नेपाल प्रहरीलाई जाँचमा सघाउने छ ।

भैरहवाका बुद्धचोक, देवकोटाचोक, मिलनचोकलगायत क्षेत्रमा लकडाउनको समयमा पनि भीडभाड बढ्ने गरेको छ । भारतीय बजार सुनौलीलगायत खुला सिमानाका कारण रुपन्देही कोरोना भाइरसकाे जोखिममा छ । भारतीय नागरिक पनि नेपाल प्रवेश गर्नसक्ने भन्दै सशस्त्र प्रहरी बलले समेत सीमामा सुरक्षा गस्ती बढाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्