चिकित्सकमाथि लाठी चार्ज गर्ने डिएसपी मेट्रोमा तानिए


 


काठमाडौं, बैशाख ४
चिकित्सकमाथिनै लाठी चार्ज गरेको पुस्टि भएपछि  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल महानगरीय प्रहरी कार्यालय (मेट्रो)मा तानिएका छन् । उनलाई कारबाही स्वरुप मेट्रोमा तानिएको हो  ।

बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

लाठी चार्ज गर्ने क्रममा डीएसपी लम्साल घटनास्थलमा नै भएको अनुसन्धानका क्रममा खुलेपछी  उनलाई कारवाही स्वरुप  रानीपोखरी प्रहरी कार्यालय तानिएको हो ।

डाक्टरहरु अस्पतालको ड्युटी सकेर साँझ घर फर्कने क्रममा कान्तिबाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले उनीहरु माथि चार्ज गरेको थियाे ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्रचार्या, अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको समिति बनाएको थियो।

डीएसपी लम्सालमाथि सस्तो प्रचारमार्फत चर्चामा आउन खोजेको आरोप लाग्दै आएको थियो ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्