कोरोना (अपडेट): मृतककाे संख्या १ लाख ३७ हजार नाघ्यो, संक्रमित साढे २० लाख बढी


 


काठमाडौं, बैशाख ४
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार बिहीबार बिहानसम्म १ लाख ३७ हजार २० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको ज्यान गएको छ भने ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । युनिभर्सिटीका अनुसार विश्वभर कोरोनाका कारण २० लाख ६४ हजार १ सय १५ जना संक्रमित भएका छन् भने ५ लाख १२ हजार ३२ जना उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१० देशमा फैलिएको छ । सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा पुगेको छ ।

अमेरिकामा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुनेको संख्या पनि ६ लाख ३७ हजार नाघेको छ । जसमा सबैभन्दा प्रभावित राज्य न्युयोर्कमा संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । यो राज्यमा अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्यमा अहिलेसम्म तीन हजार एक सय ५६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म अमेरिकामा ५२ हजार संक्रमित निको भइसकेका छन् ।

यस्तै इटालिमा इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो ।

इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए ।

एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ ।

एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्