अख्तियारद्वारा थप ४ भ्रष्टाचार आरोपित रिहा


 


काठमाडाैँ, बैशाख ४
केही समयदेखि हिरासतमा रहेका थप ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटीमा रिहा गरेकाे छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण कसूरको गाम्भीरता र अनुसन्धानको पूर्णता समेतलाई मध्येनजर गरी उनीहरूलाई हिरासतमुक्त गरिएको बताए ।

‘हुनसक्ने सजाय र हिरासतमा बसेको अवधि समेतलाई मध्यनजर राख्दै आयोगको हिरासतमा रहेका मध्ये थप ४ जनालाई बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राखी हिरासतमा मुक्त गरिएको छ’ प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले यसअघि हिरासतमा रहेका मध्ये ८ जना आरोपीलाई धरौटी लिएर हिरासतमुक्त गरेको थियो । सरकारले समेत कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जघन्य प्रकृतिको अपराधबाहेकमा संलग्न अभियुक्तलाई धरौटी तथा तोरखमा रहने गरी थुनामुक्त गर्दै आएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्