भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै, कति पुग्यो संक्रमित र ज्यान गुमाउनेको संख्या ?


 



एजेन्सी,
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दोक्रममा रहेको छ। पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएका छन् । हालसम्म भारतमा मृत्यु हुनेको संख्या ४ सय २२ पुगेको छ ।

भारतमा एकैदिन ८ सय ८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् । १० हजार ४४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वभर १ लाख ३४ हजार ५ सय ६० जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २० लाख ८२ हजार ३ सय ७२ पुगेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्