र्‍यापिड टेस्टमा ‘पोजिटिभ’ देखिएपछि पूरै वडा सिल


 


धादिङ, बैशाख ४
ज्वालामुखी गाउँपालिकाले वडा नं ३ लाई पूरै सिल गर्न माइकिङ गर्दै सूचना जारी गरेको छ। आजैबाट वडा सिल गर्न लागिएको गाउँपालिकाले जनाएकाे छ।

‘आशंका गरिएका युवाको अन्तिम रिपोर्ट कुरेका छौं, उक्त रिपोर्ट पनि पोजिटिभ आए निजको परिवारजन र सम्पर्कमा आएका सबैलाई निगरानीमा राख्नेछौं,’ प्रजिअ अस्मान तामाङले भने।

पोजिटिभ नतिजा आएका युवाले आफू दक्षिण कोरियाबाट फागुन २० मा काठमाडौं आएलगत्तै साथीहरुसँग हेटौंडा पुगेर सेल्फ क्वारेन्टाइनमा बसेको बताए। ‘घर परिवार र समाजको चर्को दबाबले टेस्ट पनि गरेँ, पोजिटिभ देखापरे पनि सामान्य अवस्थामै रहेको महसुस गरिरहेको छु,’ उनले भने। चैत पहिलो साता सामान्य रुघाखोकी लागे पनि अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनले बताए।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्