कोरोना संक्रमणको आधारमा जिल्लालाई ३ स्तरमा वर्गीकरण गरिने


 


एजेन्सी, बैशाख ४
कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सबै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ । केन्द्रिय सरकारले बुधबार दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन जिल्लाहरुलाई वर्गीकरण गर्न लागिएको हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा बोल्दै सबै जिल्लालाई तीनस्तरमा विभाजन गर्न लागिएको जानकारी दिए । उनका अनुसार उच्च खोजिमपूर्ण जिल्ला, संक्रमित भएपनि धेरै जोखिममा नरहेका जिल्ला र सुरक्षित जिल्ला गरी तीनस्तरमा जिल्लाहरुलाई विभाजन गर्न लागिएको हो ।

केन्द्रीय सरकारको तर्फबाट जिल्ला तथा नगरस्तरका अधिकारीहरुसँगको छलफलका क्रममा पनि यस बारेमा जानकारी गराइएको उनले बताए । –एएनआई

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्