आइपिएल अनिश्चितकालका लागि स्थगित


 


काठमाडौं, बैशाख ३

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपिएल अनिश्चित समय सम्मको लागि स्थगित भएको छ ।

आइपिएल दोस्रो पटक स्थगित भएको हो ‌। आइपिएल चैत १६ देखि सुरु हुने प्रारम्भिक तालिका भनिएपनि कोरोना भाइरसको कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० ले वैशाख ३ सम्म सारेको थियो । तर भारत सरकारले लकडाउन वैशाख २१ सम्म लम्बाएपछि आइपिएल अनिश्चित समयका लागि स्थगित भएको एएनआईले जनाएको छ । यद्यपी बिसिसिआईले आधिकारीक सुचना भने सार्वजनिक गरेको छैन ।

एएनआईले बिसिसिआईलाई जनाउँदै अनिश्चित समय सम्मको लागि स्थगित भएको जनाएको छ। अव आइपिएल यो वर्ष हुने सम्भावना निकै न्युन छ । आइपिएल अव आगमी अक्टोबर९नोभेम्बरमा हुन सक्ने सम्भावना छ । अष्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म टि२० विश्वकप हुँदैछ । उक्त विश्वकप स्थगित भएको खण्डमा आइपिएल अक्टोबर नोभेम्बरमा हुन सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आइपिएल नभएको खण्डमा ५ हजार देखी ७ हजार करोड भारतीय रुपैयाँ घाटा हुन सक्ने बताइएको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट ३ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ३९ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्