लकडाउन उल्लघंन गर्ने ३२ सय ६७ जना नियन्त्रणमा


 


काठमाडौं, बैशाख ३
उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय ७४ महिला सहित ३२ सय ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौंबाट सबैभन्दा बढि २ हजार ७ सय ४० जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ४ सय ७९ र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाईदाको लागि गरिएको नभएर सबैकाे सुरक्षाको लागि भएकाले अत्यावश्यक कार्य बाहेक घरबाट बाहिर ननिस्कन उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्