‘पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न मिल्दैन’


 


काठमाडौँ, बैशाख ३
उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको बताए । उनका अनुसार पहिले दैनिक १०–१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना आउने गरेका छन्

साेही क्रममा उपचारमा रहेका १५ जना जनाबाहेक बुधबारसम्म थप कोरोना संक्रमित बिरामी फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको जानकारी दिएका हुन्। तर विभिन्न जिल्लामा भएको र्‍यापिड टेस्टमा भने पोजेटिभ देखिएको छ। पीसीआर परीक्षण नगरी कोरोना संक्रमण भएको भन्न नमिल्ने देवकोटाले बताए।

अहिलेसम्म पीसीआर र र्‍यापिड टेस्ट गरेर १५ हजार ८ वटा जनाको परीक्षण गरिएको छ। एक दिनमा दुई हजार ८९४ जनाको परीक्षण गरिएको हो।

संक्रमण फैलिने सम्भावना भएपछि अहिले १४ वटा जिल्लाबाहेक अन्य सबैमा र्‍यापिड टेष्ट गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए। प्रदेश नम्बर १ का सातवटा, प्रदेश २ का ३, गण्डकीमा १, प्रदेश ५ मा १ जिल्लामा परीक्षणा भएको छैन। यस्तै कर्णालीका २ जिल्लामा पनि र्‍यापिड टेस्ट हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म काठमाडौँ उपत्यकाभित्र ११ जना र उपत्यकाबाहिर १०६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ५ हजार ६ सय १४ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

अहिलेसम्म नेपालमा १६ जना कोरोना संक्रमित बिरामी देखिएका छन्। जसमा एक जना उपचारपछि फर्किएका छन् भने बाँकी १५ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्