वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव घिमिरे नियुक्त


 


काठमाडौं, बैशाख ३
सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको स्रोतले वतायो ।

सरकारले यसअघी निगमको कार्यकारी अध्यक्षमा  मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेका थिए। घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष थिए।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्