भारतमा कोरोना संक्रमितको संख्या साढे ११ हजार, एकै दिन ३५ जनाको मृत्यु


 


भारत, बैशाख ३
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ११ हजार ४ सय नाघेको छ ।

मंगलबार १ हजार ३४ जना थपिएसँगै भारतमा संक्रतिमको संख्या ११ हजार ४ सय नाघेको हो ।

बितेको २४ घण्टामा भारतमा कोरोनबाट ३५ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृतकको संख्या ३९३ पुगेको वर्ल्डमीटर इन्फोले जनाएको छ ।

भारतमा ११ सय बढी संक्रमित निको हुँदा ९ हजार ७ सयको उपचार जारी छ । हालसम्म त्यहाँ २ लाख ४४ हजार बढी व्यक्तिमा कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्