घर फर्कन नपाएका हजारौं मजदुरले गरे मुम्बईमा प्रदर्शन


 


एजेन्सी, चैत्र ३
भारतमा ३ मे सम्मका लागि लकडाउन छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार यस्तो घोषणा गर्दै लकडाउन कडा रुपमा पालना गर्न अपील पनि गरेका थिए ।

त्यसको केही घण्टापछि नै देशका दुई ठूला शहर मुम्बई र सूरतमा हजारौ मजदुरले प्रदर्शन गरेका छन् । खानपानमै समस्या भएपछि लकडाउन तोड्न बाध्य भएको ती मजदुर बताउँछन् । झुपडबस्तीमा बस्ने हजारौं प्रवासी मजदूर मुम्बईको बान्द्रा स्टेशनमा भेला भएका हुन् । उनीहरुले आफ्नो गाउँ फर्कन पाउनुपर्ने माग गरेका छन् । सुरतमा पनि सयौं मजदुरहरु यसरी नै गाउँ फर्कन पाउनुपर्ने मागसहित सडकमा उत्रिएका छन् ।

बान्द्रा स्टेशनमा आन्दोलनमा उत्रिएका प्रवासी मजदुरहरुले आफूसँग खानका लागि केही बाँकी नरहेको गुनासो गरेका छन् । उनीहरुले घर फर्कन पाउनुपर्ने माग राखेपछि प्रहरीले धेरैबेर सम्झाउन खोजेको थियो । तर, अन्त्यमा लाठीचार्ज नै गर्नुप¥यो ।

भारतका गृहमन्त्री अनिल देशमुखले सबै मजदुरहरुलाई खानपानको व्यवस्था गरिने बताएका छन् । केही रिपोर्टअनुसार यी सबै मानिस लकडाउनको समय घरमै थिए । उनीहरुलई चाडैं लकडाउन समाप्त हुन्छ भन्ने थियो । कतिपय मजदुर भने ट्रेन चल्दैछ भन्ने हल्ला सुनेपछि झन्डै ४ बजे स्टेशन आएका थिए । तर, लकडाउन लम्बिएको थाहा पाएपछि उनीहरु थप आक्रोशित भएका थिए । महाराष्ट्रका मुख्यमन्त्री उद्धक ठाकरेले यस घटनाबाट नआत्तिन आग्रह गरेका छन्, उनले लकडाउनमा सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्