ट्वीटरद्वारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्डेड’


 


एजेन्सी, बैशाख २
श्रींलकास्थित चीनीयाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘ससपेन्ड’ गरिएको छ । ट्वीटर सञ्चालनको नियमहरु उल्लंधन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

यद्यपि खास के कारणले अकाउण्ट बन्द गरिएकोे भने बताइएको छैन् । तर केही दिनदेखी चीनीयाँ दूतावासको ट्वीटर ह्याण्टलबाट केही प्रयोगकर्तामाथि वाक युद्ध छेडिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीनमाथि कोरोनाभाईरस फैलाएको आरोप लगाउने ट्वीटर प्रयोगकर्तामाथि दूतावासको ह्याण्डलबाट शाब्दिक आक्रमण हुनथालेको बुझिएकोे छ । दूतावासद्वारा गैर–कूटनीतिक शब्दको पनि प्रयोग गरिएको आरोप लगाइएको छ ।

दूतावासका प्रवक्ताले अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने ट्वीटरले आफ्नो अकाउण्ट बन्द गरेको भन्दै ट्वीटरमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । गत साता दूतावासले श्रीलंकाको एक मुख्य पत्रिकाले कोरोनाबारे छापिएको एक आलेखलाई लिएर दुई पत्रकार विरुद्ध व्यक्तिगत रुपमा सार्वजनीक टिप्पणी गरेको थियो ।

विभिन्न देशमा रहेका चिनिँया दूतावासहरु यसरी सञ्चार माध्यममाथि खनिएको भने यो पहिलो पटक होइन् । यसअघि अष्ट्रेलियास्थित चीनिँया दूतावासले त्यहाँको मूख्य पत्रिका द डेली टेलिग्रामलाई पनि सार्वजनीक धम्की दिएको थियो भने नेपालस्थित चीनिँया दूतावासले पनि द काठमाडौं पोष्टका पुर्वसम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्